काठमाडौं । शास्त्रीय संगीतकार एवं गायक गुरुदेव कामतको निधन भएको छ। सिरहास्थित आफ्नै घरमा उनको आज बिहान निधन भएको हो।
६९ वर्षीय कामत लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिए । उपचारका लागि आर्थिक संकट भएपछि कामत एक महिनाअघि मात्र काठमाडौंबाट सिराहा फर्किएका थिए ।
पछिल्ला ४० वर्षदेखि उनी काठमाडौँमा बसेर नेपाली गीत, संगीत, शास्त्रीय गायन क्षेत्रमा योगदान गरिरनु भएको थियो।
शास्त्रीय संगीतका गुरु कामतको जन्म २०१२ साउन १७ गते सिराहाको पोखरभिण्डामा भएको थियो।