एमाले सचिवालय बैठकः गुरु बराल उपाध्यक्षमा मनोनीत

  Sampatti News 2024

August 1, 2024

काठमाडौं । नेकपा (एमाले)ले सुवासचन्द्र नेम्बाङको निधनपछि रिक्त रहेको पदमा गुरु बराललाई मनोनीत गरेको छ ।

आज बिहीबार बसेको सचिवालय बैठकले रिक्त रहेको सो पदमा बराललाई नियुक्त गरेको हो ।

बराल यसअघि स्थायी कमिटी सदस्यको जिम्मेवारीमा थिए ।

बरालले बागमती प्रदेश इन्चार्जको जिम्मेवारीसमेत सम्हालिसकेका छन् ।

प्रकाशित मिति:August 1, 2024