आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा

  Sampatti News 2024

August 2, 2024

काठमाडौं । साउन २० गते आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा हुने भएको छ ।

गृहमन्त्रालयले विज्ञप्ति जारी गर्दै आइतबार सार्वजनिक बिदाको जानकारी दिएको हो ।

राजपत्रमा प्रकाशित सूचना अनुसार मत्स्येनानाथको भोटो देखाउने जात्राका अवसरमा सो दिन सार्वजनिक बिदा दिन लागिएको हो । जसअनुसार काठमाडौं, भक्तपुर र ललितपुरमा सार्वजनिक बिदा हुनेछ ।

प्रकाशित मिति:August 2, 2024