काठमाडौं स्थित सिनामंगलको एक गेष्ट हाउसमा महिला र पुरुष मृत फेला

  Sampatti News 2024

August 2, 2024

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित एक गेष्ठ हाउसमा महिला र पुरुष मृत अवस्थामा फेला परेका छन् । यहाँको झरना गेष्ट हाउसमा बाजुरा त्रिवेणी नगरपालिका–४ का ३२ वर्षका भरतबहादुर सार्की र सोही स्थानकी २१ वर्षकी करिष्‍मा सार्की मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिएका छन् ।

महिलाको शव भुइँमा र पुरुषको शव झुण्डिएको अवस्थामा फेला परेका प्रवत्ता अधिकारीले बताए । आज (शुक्रबार) दिउसो उनीहरुले भित्रबाट ढोका नखोलेपछि होटल सञ्चलकले प्रहरीलाई खबर गरेका थिए ।

मध्यान्न १२ बजे खाना खान बोलाउँदा समेत उनीहरुले ढोका खुल्न सकेको थिएन । प्रहरीले आएर ढोका फुटाएर हेर्दा उनीहरु मृत अवस्थामा फेला परेका हुन् ।

अहिले शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।

घटना शंकास्पद रहेको र आवश्यक अनुसन्धान भइरहेको अधिकारीले बताए ।

प्रकाशित मिति:August 2, 2024