एक जना प्रहरीले ३५५ जना नागरिकको सुरक्षा गर्नुपर्ने

  Sampatti News 2024

August 3, 2024

फिदिम । पाँचथर जिल्लामा १ जना प्रहरीको काँधमा ३५५ जना नागरिकको सुरक्षा गर्नुपर्ने जिम्मेवारी देखिएको छ ।

नसङ्ख्याको आधारमा ३५५ जना नागरिक बराबर १ जना प्रहरी पाँचथर जिल्लामा कार्यरत छन् । शुक्रबार आर्थिक वर्ष २०८०-०८१ मा भएको कार्यसम्पादन विवरण सार्वजनिक गर्दै पाँचथरका डिएसपि हेमन्त भण्डारी क्षेत्रीले जनसङ्ख्याको तुलनामा प्रहरी जनशक्तिको सङ्ख्या कम रहेको जानकारी दिए ।

राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लामा १ लाख ७२ हजार ४ सय जनसङ्ख्या छ । तीमध्ये पुरुषको सङ्ख्या ८५ हजार ६८३ र महिला ८६ हजार ७१७ छन् ।

पाँचथरमा प्रहरीको कुल दरबन्दी ५१० जनाको भए पनि अहिले जिल्लामा ४८३ जना प्रहरी कार्यरत रहेको क्षेत्रीले जानकारी दिए । पाँचथरमा क बर्गको इलाका प्रहरी कार्यलय १ वटा, ख बर्गको इलाका प्रहरी कार्यलय ६ वटा, स्थायी प्रहरी चौकी १९ वटा, अस्थायी प्रहरी चौकी १० वटा, गार्ड पोष्ट ३ वटा, जी,प्रा,का १ गरी जिल्लामा ४१ वटा प्रहरी इकाइ रहेको क्षेत्रीले जानकारी दिए । ४१ मध्ये २ वटा प्रहरी इकाइ स्थापना हुन बाँकी रहेको क्षेत्रीले बताए ।

२०८० साउनबाट २०८१ साउन सम्ममा पाँचथर जिल्लाभरका जिल्ला प्रहरी कार्यालयमा २३७ वटा मुद्धा दर्ता भएको पाँचथरका डिएसपि हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।सुरक्षा संबेदनसिलताका हिसाबले जिल्लाका विभिन्न ठाउँमा अस्थायी प्रहरी चौकीको माग भएपनी जनशक्ति अभावका कारण प्रहरी पोष्ट स्थापना हुन सकेका छैनन ।

जिल्लामा महिला प्रहरीको संख्या समेत कम रहेको छ । पाँचथरमा ६७ जना मात्रै महिला प्रहरी कार्यरत रहेका छन ।

प्रकाशित मिति:August 3, 2024