प्रधानमन्त्री ओली भन्छन्– ‘सुविधा सम्पन्न क्रिकेट रङ्गशाला बनाउन सरकार प्रतिबद्ध छ’

  Sampatti News 2024

August 3, 2024

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुविधा सम्पन्न क्रिकेट रङ्गशाला बनाउने प्रतिबद्धता दोहोर्याएका छन् । शनिवार सामाजिक सञ्चालमा ओलीले सरकारको पहिलो निर्णय नै सुविधा सम्पन्न रंगशाला बनाउने निर्णय गरेको स्मरण समेत गराएका छन् ।

उनले आफूलाई गतिलो रङ्गशाला बनाउनु पर्‍यो भन्ने सुझाव लगातार आइरहेको समेत बताएका छन् ।

नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द तथा सचिव पारस खड्का लगायतसँगको बालुवाटारमा खिचेको फोटो फेसबुकमा सार्वजनिक गर्दै ओलीले सामाजिक सञ्जालमा आफूलाई गतिलो रङ्गशाला बनाउनु पर्‍यो भन्ने सुझाव सबैभन्दा बढी आएको बताएका हुन् ।

उनले सञ्जालमा लेखेका छन्– ‘सामाजिक सञ्जालमा मलाई एउटा गतिलो रङ्गशाला बनाउनु पर्‍यो भन्ने सुझाव सबैभन्दा धेरै आएको छ, यो सरकारको पहिलो निर्णय नै सुविधा सम्पन्न रङ्गशाला बनाउने छ, क्यानका चतुरबहादुर चन्द र पारस खड्का लगायतका साथीहरूसँग बालुवाटारमा । ’

प्रकाशित मिति:August 3, 2024