ललितपुरमा थप दुई जनामा हैजा पुष्टि

देशभर हैजा संक्रमितको संख्या २५ पुग्यो

  Sampatti News 2024

August 3, 2024

काठमाडौं । ललितपुरमा थप दुई जनामा हैजा पुष्टि भएसँगै देशभर संक्रमितको संख्या २५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा दुईजनामा संक्रमण देखिसँगै सो संख्यामा हैजा देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा जनाएको छ ।

काठमाडौँ उपत्यकाका दुई जिल्ला काठमाडौँको टोखाका १ जनामा र ललितपुर जिल्लाको गोदावारी, ग्वार्को, इमाडोल लगायत विभिन्न स्थानका १६ जनामा हैजा सङ्क्रमण देखिएको महाशाखाले जनाएको छ ।

यस्तै, कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकाको ८ जनामा हैजा सङ्क्रमण पुष्टि भएको हो ।

प्रकाशित मिति:August 3, 2024