रोल्पामा पहिरोले घर बगाउँदा हजुरआमा नातिनिको मृत्यु

  Sampatti News 2024

August 3, 2024

काठमाडौं । शुक्रबार राति रोल्पामा पहिरोले घर पुरिएर बेपत्ता हजुरआमा नातिनिको शव फेला परेको छ ।

सुनछहरी गाउँपालिका-४ कामीडाँडामा पहिरो जाँदा देउसिंह कामीको घर पहिरोले पुरिएको थियो ।

पहिरोले पुरिएर बेपत्ता भएका ६५ वर्षीया हजुरआमा बसुना सुनार र ४ वर्षीया नातिनी माया सुनारको शव फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार राति ९ बजेतिर घर माथिबाट पहिरो आएर घर पुरिएको थियो ।

पहिरोले घर पुरेपछि पहिरो पन्छाउने क्रममा उनीहरुको शव भेटिएको हो । घरमा हजुरआमा र नातिनी रहेका थिए।

प्रकाशित मिति:August 3, 2024