मकवानपुरको सिस्नेरी सुमो दुर्घटनाः १० जना घाइते, तीन जनाको अवस्था गम्भिर

  Sampatti News 2024

August 3, 2024

काठमाडौं । मकवानपुरको सिस्नेरीमा शनिवार बिहान टाटा सुमो दुर्घटना हुँदा १० जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी बजार नजिकै सुमो दुर्घटना भएको हो ।

काठमाडौंबाट वीरगञ्जको लागि छुटेको मधेश प्रदेश ०३–००१ ज ०३६२ नम्बरको सुमो आफैँ अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी निरीक्षक प्रकाश साहाले जानकारी दिए ।

घाइते सबैलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।

प्रकाशित मिति:August 3, 2024