एक तिहाइ व्यक्ति सहकारी आन्दोलनमाः मन्त्री भण्डारी

Nepal Cover
१९ श्रावण २०८१, शनिबार
image

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सहकारी क्षेत्रभित्र रहेका समस्या सरकारले समाधान गर्नुपर्ने बताएका छन् । राष्ट्रिय सहकारी बैंक लिमिटेडको २२औँ स्थापना दिवसको अवसरमा बोल्दै मन्त्री भण्डारीले नेपालको जनसंख्याको हिसाबले एक तिहाइ व्यक्ति सहकारी आन्दोलनमा रहको बताएका हुन् ।

उनले भने, ‘यतिबेला राष्ट्रिय रुपमै सहकारी भित्र एक खालका प्रश्नहरु छन्, जे खालका समस्याहरु छन् ती समस्याहरुलाई सरकारले सम्बोधन गर्नुपर्नेछ । नेपालको जनसंख्याको एक तिहाइ सहकारी आन्दोलनसँग प्रत्यक्ष रुपमा सहभागि हुनुहुन्छ, राज्यले ,संविधानले सहकारी क्षेत्रलाई, सहकारी आन्दोलनलाई अर्थतन्त्रको एउटा महत्वपूर्ण हिस्साको रुपमा, महत्वपूर्ण क्षेत्रको रुपमा परिभाषित गरेको छ । यसलाई तीन खम्बे अर्थनीतिभित्र एउटा विशेष खालको राज्यले परिभाषित गरेको छ ।’

साथै उनले आमजनता र व्यवसायीहरुले आफ्नो गाँस काटेर सहकारीमा जम्मा गरेको पैसाको मात्र हिस्सा खोजेको बताए । उनले उत्पादनको केही लगानीको क्षेत्र सहकारी हो भनेर जम्मा गरेको पूँजी उत्पादन क्षेत्रमा नलागेको दाबी गरे।