कुलमानको पक्षमा उभिएका दुई जना बोर्ड सदस्य बर्खास्त, अरु दुईजना नियुक्त

  Sampatti News 2024

August 4, 2024

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका दुई जना बोर्ड सदस्यलाई बर्खास्त गरेको छ । ऊर्जामन्त्री दीपक खड्काको ठाडो आदेशमा सदस्यहरु भक्तबहादुर पुन र कपिल आचार्यलाई बर्खास्त गरेको हो ।

बर्खास्तमा परेका पुन र आचार्य डेडिकेटेड र ट्रंक लाइन महसुल विवादमा उद्योगीले बक्यौता तिनुपर्ने पक्षमा थिए ।

दुई सदस्य नियुक्त

सरकारको ठाडो आदेशमा बर्खास्तमा परेका पुन र आचार्यको स्थानमा अन्य दुई जनालाई नियुक्त गरेको छ । प्राधिकरण सञ्चालक समितिमा देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरुङलाई नियुक्त गरेको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्री स्तरीय निर्णय गर्दै रिक्त सञ्चालक समितिमा कार्की र गुरुङलाई नियुक्त गरेको बुझिएको छ ।

सञ्चालकमा नियुक्त कार्की ऊर्जा मन्त्रालयका पूर्वसचिव हुन् भने गुरुङ विद्युत् विकास विभागका पूर्वमहानिर्देशक एवम् पञ्चेश्वर विकास प्राधिकरणका पूर्वसीईओ हुन् । कार्की र गुरुङ ऊर्जा क्षेत्रमा अनुभवी मानिन्छन् ।

प्रकाशित मिति:August 4, 2024