उर्जा मन्त्रालयका चार सहसचिवको जिम्मेवारी हेरफेर

  Sampatti News 2024

August 5, 2024

काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले चार सहसचिवको जिम्मेवारी हेरफेर गरेका छन् । मन्त्री खड्काले सहसचिवको आन्तरिक सरुवा गरेका हुन ।

माघमा मात्र उर्जा विभागको महानिर्देशक जिम्मेवारी सम्हाल्न पुगेका जीवछ मण्डललार्य सरुवा गरे त्यहाँ नविनराज सिंहलाई जिम्मेवारीमा राखिएको छ । सिंह योसँगै तेस्रो कार्यकालका लागि त्यहाँ पुगेका हुँन ।

उनी ०७३ असोज १७ देखि २०७५ पुस १६ गतेसम्म झण्डै दुई बर्ष विभागमा पहिलो पटक महानिर्देशक चलाइसकेका हुन । त्यसपछि जल तथा ऊर्जा आयोगमा सरुवा भएका उनी करिब २ वर्ष कोशी प्रदेशका सचिवको भूमिकामा रहेका थिए । पछिल्लो समय उनलाई मन्त्रालयको अति महत्त्वपूर्ण मानिने नीति महाशाखाको जिम्मेवारी तोकिएको थियो ।

सहसचिव मधुप्रसाद भेटुवाललाई बूढीगण्डकी जलविद्युत् आयोजनाको प्रमुख कार्यकारी अधिकृतमा खटाइएको छ ।

त्यस्तै महाशाखामा ऊर्जा आयोगका चिरञ्जीवी चटौतलाई ल्याइएको छ भने जीवछ मण्डललाई चटौतको ठाउँमा पठाइएको हो ।

प्रकाशित मिति:August 5, 2024