बंगलादेशमा रहेका नेपालीलाई सुरक्षित रहन दुतावासको आग्रह

  Sampatti News 2024

August 5, 2024

काठमाडौं । बंगलादेशमा विद्यार्थीको आन्दोलन चरम उत्कर्षमा पुगेको छ । विद्यार्थीको आन्दोलनका कारण प्रधानमन्त्री सेख हसिनाले राजिनामा दिएर भारतको सरणमा पुगेको बताएइएको छन् ।

कोटा विरोधि आन्दोलनका कारण प्रधानमन्त्रीको सरकारी कार्यलय आन्दोलनकारीले कब्जा गरेका छन् । हिंसात्क बन्न थालेपछि त्यहाँ स्थित नेपाली दुतावासले एक सूचना जारी गरेर नेपालीहरुलाई सुरक्षित रहन आग्रह गरेका छन् ।

दूतावासका अनुसार त्यहाँ करिब ४०० नेपाली छन् । त्यहाँ अध्ययनरत अधिकांश नेपाली विद्यार्थी नेपाल फर्किइसकेका छन् । बाँकी रहेकाहरूसँग दूतावासले निरन्तर सम्पर्क गरिरहेको जनाएको छ । नेपाल फर्किन चाहनेलाई दूतावाससँग समव्य गरेर सुरक्षा प्रबन्ध सुनिश्चित भएपछि मात्रै यात्रा गर्न समेत दूतावासले अनुरोध गरेको छ ।

प्रकाशित मिति:August 5, 2024