सिमलताल बस दुर्घटनाको प्रतिवेदन आज बुझाइँदै

  Sampatti News 2024

August 6, 2024

काठमाडौं । चितवनको सिमलताल घटनासम्बन्धमा गठित अध्ययन गर्न बनेको कार्यदलले आज प्रतिवेदन बुझाउँदै छ । आज दिउँसो साढे १ बजे अध्ययन प्रतिवेदन बुझाउन लागिएको हो ।

गृह मन्त्रालयका सहसचिव छवि रिजाल संयोजक उक्त सकितिले गत असार २८ गते बिहान ३ः३० बजे चितवनको सिमलताल नजिकैको सिँदुरेमा लेदोले काठमाडौँबाट गौर गइरहेको र वीरगञ्जबाट काठमाडौँ आइरहेको दुईवटा यात्रुबाहक बस त्रिशूलीमा खसालेको थियो ।

बसमा ६५ जना यात्रु सवार थिए । उक्त घटनामा तीन जना यात्रु बाँचेका थिए । बाँकी यात्रु बेपत्ता रहेकामा हालसम्म २४ जनाको मात्र शव फेला परेको छ ।

प्रकाशित मिति:August 6, 2024