मौसमका कारण त्रिभुवन विमानस्थलबाट उडान प्रभावित

  Sampatti News 2024

August 6, 2024

काठमाडौं । अविरल वर्षा र हुस्सुका कारण त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको उडान प्रभावित बनेको छ । विमानस्थलको भिजिबिलिटी कम हुँदा जहाज उडान तथा अवतरणमा समस्या आएको हो ।

मङ्गलवार बिहानदेखिको वर्षाले जहाज उडान तथा अवतरणमा समस्या आइरहेको त्रिभुवन विमानस्थलका प्रवक्ता सुवास झाले बताए ।

प्रवक्ता झाका अनुसार खराब मौसमकै कारण केही जहाज अवतरण गर्न नसकेर आकाशमा नै होल्ड भएका छन् भने केही डाइभर्ट समेत भएको छ।

प्रकाशित मिति:August 6, 2024