मौसमका कारण त्रिभुवन विमानस्थलबाट उडान प्रभावित

Nepal Cover
२२ श्रावण २०८१, मंगलवार
image

काठमाडौं । अविरल वर्षा र हुस्सुका कारण त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको उडान प्रभावित बनेको छ । विमानस्थलको भिजिबिलिटी कम हुँदा जहाज उडान तथा अवतरणमा समस्या आएको हो ।

मङ्गलवार बिहानदेखिको वर्षाले जहाज उडान तथा अवतरणमा समस्या आइरहेको त्रिभुवन विमानस्थलका प्रवक्ता सुवास झाले बताए ।

प्रवक्ता झाका अनुसार खराब मौसमकै कारण केही जहाज अवतरण गर्न नसकेर आकाशमा नै होल्ड भएका छन् भने केही डाइभर्ट समेत भएको छ।