आज मन्त्रिपरिषद्को बैठक बस्दै, यस्ता छन् एजेण्डा

  Sampatti News 2024

August 6, 2024

काठमाडौं । आज साझ ५ बजे मन्त्रिपरिषद्को बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा ५ बजे बैठक बोलाइएको हो ।

बैठकमा मन्त्रालयका नियमित एजेन्डाहरूमाथि छलफल तथा निर्णय हुन सक्ने जनाइएको छ । आजको बैठकले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजीपी)को सरुवा तथा पदस्थापन समेत गर्नेछ । साथै केही मन्त्रालयहरूका सहसचिवहरूको सरुवासमेत हुन सक्ने पनि बताइएको छ ।

प्रकाशित मिति:August 6, 2024