संविधानसभा सदस्य श्रवणकुमार अग्रवालको निधन

  Sampatti News 2024

August 6, 2024

काठमाडौं । संविधानसभा सदस्य श्रवणकुमार अग्रवालको निधन भएको छ । अग्रवालको ७७ वर्षको उमेरमा गएराति सानेपास्थित आफ्नै निवासमा निधन भएको पारिवारीक स्रोतले जनाएको छ ।

उनी नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालका पिता हुन्। स्वर्गीय अग्रवाल ५८ वर्षदेखि विभिन्न उद्योग व्यवसायमा क्रियाशील थिए। उनकै अगुवाईमा आरएमसी सिमेन्ट, पाल्पा सिमेन्ट, आरएमसी फुड्स उद्योग सञ्चालनमा छन्।

प्रकाशित मिति:August 6, 2024