काठमाडौं । संविधानसभा सदस्य श्रवणकुमार अग्रवालको निधन भएको छ । अग्रवालको ७७ वर्षको उमेरमा गएराति सानेपास्थित आफ्नै निवासमा निधन भएको पारिवारीक स्रोतले जनाएको छ ।
उनी नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालका पिता हुन्। स्वर्गीय अग्रवाल ५८ वर्षदेखि विभिन्न उद्योग व्यवसायमा क्रियाशील थिए। उनकै अगुवाईमा आरएमसी सिमेन्ट, पाल्पा सिमेन्ट, आरएमसी फुड्स उद्योग सञ्चालनमा छन्।