हर्क साम्पाङले तीन कर्मचारीलाई गरे निस्कासन

Nepal Cover
२२ श्रावण २०८१, मंगलवार
image

काठमाडौं । धरान उपमहानगरपालिकाका हर्क सम्पाङ्ले तीन जना कर्मचारीलाई निकालेका छन् । १२ हजार रुपैयाँ बाँडेर खाएको भन्दै उनले कर्मचारी निकालेको सामाजिक सञ्जालमा लेखेका छन् ।

उनले समाजिक सञ्जालमा लेखेका छन्– १२ हजार बाँडेर खाएको भन्ने बुझेपछि ३ जना कर्मचारीलाई निकाल्दिएको छु । आन्दोलन नगर्नु है यो विषयमा चाहिँ ।

जागिरबाट निकालिएका भनिएका तीन कर्मचारीमा एक इञ्जिनियर, खरिदार र एक कार्यालय सहायक रहेको बुझिएको छ ।