नारीलाई ब्यास पीठमा राखेर विश्वलाई चिनाइरहेको एउटा महायज्ञ !

  Sampatti News 2024

August 6, 2024

काठमाडौं । अहिले पशुपति परिसर भित्र महायज्ञ चलिरहेको छ । यो साउनको महिना त्यसै पनि पशुपतिनाथको दर्शन गर्न आउनेको भिड हुने ठाउँ तर, यस पटक भने विगत भन्दा बेग्लै छ यहाँको रौनक ।

धेरै भक्तजनको ध्यान अहिले पशुपतिनाथको दर्शनसँगै यहाँ चलिरहेको एक महिने महायज्ञ नै हो । त्यसमाथि झन यहाँ पुराण सुनाउनका आएका महिला वाचिकाहरुले धेरैको ध्यान खिचेको छ ।

ललितपुरस्थित मामाघर अनाथालय आश्रम र भक्तपुरस्थित छोरीको घर ज्येष्ठ नागरिक आश्रमको सर्वांगिण विकासका लागि यो यज्ञ आयोजना गरिएको हो ।

अहिले कोटिहोममार्फत राष्ट्र शान्ति, विश्व कल्याण, आम नेपालीको सुख शान्ति तथा समृद्धिका लागि आह्वान गरिरहेको आयोजक संस्थाका अध्यक्ष एवं संस्थापक बालयोगेश्वर श्री विजय कृष्णमूर्ति जी महाराजले बताएका छन् । महायज्ञमा विश्वमा ख्याति कमाएका विश्व प्रसिद्ध कथा वाचिकाहरूद्वारा कथावाचन गराएको उनले बताएका छन् ।
नेपालको संविधानले महिलालाई हरेक क्षेत्रमा थोरै मात्र अधिकार दिएपनि धर्मले चै सबैलाई बराबर अधिकार दिएको कृष्णमूतिको दाबी छ ।

नारीप्रति हिंसा, अन्याय, अत्याचार, नारीलाई दोस्रो दर्जाको नागरिकका रूपमा गरिने व्यवहार र पितृसत्तात्मक देश भनेर चिनिएको नेपालमा नारीलाई ब्यास पीठमा राखेर उनीहरूलाई विश्वभरी नै चिनाउन यज्ञले महत्वपूर्ण भूमिका निभाएको धेरै विश्लेषकहरुको भनाई छ ।
मानिसलाई सत्मार्गको बाटोमा लाग्न प्रेरित र मार्गनिर्देश गर्न र धर्म तथा संस्कृतिलाई बचाउन उहाँहरू पनि सक्षम हुनुहुन्छ भन्ने सन्देश कोटिहोमले दिएको छ ।

धर्ममाथि चुनौति, साहसपूर्ण कोटिहोम

अहिले चलिरहेको महायज्ञ चुनौतिपूर्ण रहेको धेरैले विश्लेषण गरेका छन् । हिन्दु धर्ममाथि भएको चौतर्फि हमलाका विचमा यो महायज्ञले हिन्दुहरुको विश्वमा एउटा वर्चश्व राखेको छ । एक महिनासम्म निरन्तर पुराण चलेको पहिलो घटना भएको इतिहासविद्हरुको दाबी छ ।

कतिपय गैर हिन्दुहरुले यो कोटिहोमलाई नराम्ररी विथोल्न प्रयास गरिरहेका छन् । यो यज्ञको अर्को एउटा चुनौति हो । अहिले चलिरहेको यो कोटिहोमका विषयमा काठमाडौंका विभिन्न चिया पसल देखि चौतारीसम्म चर्चा हुने गरेको छ ।

बालकोट स्थित एक चिया पसलका बसेका चार जना लगभग ८० वर्षका वृद्धहरुका विच भएको कुराकानि सम्पति न्युजको टिमले सुनेको छ । उनीहरुले चिया पिउदै गफ गरिरहेका थिए । उनीहरुले वाचिकाहरुलाई विवादमा ल्याउनेहरु गैर हिन्दुहरु भएको निकै लामो गफगाफ गरे । उनीहरु भन्दै थिए हाम्रो धर्ममाथि ठुलो प्रहार भइरहेको छ । नेपालको राजनीतिमा जस्तै एक ले अर्को पार्टीलाई गालि गरेर आफ्नो पक्षमा जनतालाई ल्याउने जस्तो प्रयास हुन्छ त्यस्तै प्रयास अहिले चलेको कोटिहोमकाविरुद्ध कृस्चियनहरुको रहेको उनीहरुको दाबी छ ।

वाचिकाका हरेक विषयमाथि प्रवचन दिएका भिडियोहरु जोडेर समाजिक सञ्जालमा ट्रोल बनाउँदै हिन्दु हिन्दुहरुबिच भ्रम फैलाउने प्रयास क्रिस्चियनहरुले गरेको उनीहरुले दाबी गरिरहेका थिए । उनीहरु भन्दै थिए दुईतिन जना अधर्मीहरुले हिन्दुमाथि प्रहार गरे पनि हिन्दुहरुको एकतालाई कसैले फोड्न नसक्ने उनीहरुको धारणा थियो ।

गलत प्रचार गरेर हिन्दुहरुको आस्थामाथि प्रहार गर्ने जतिनै प्रयास भएपनि उनीहरुले रोक्न नसक्ने सरोकारवालाहरु बताउछन् । यो यज्ञको जतिनै गलत प्रचार गर्ने दुस्प्रयास गरेपनि यहाँ भक्तजनको घुइचो नै लागेको छ ।

प्रकाशित मिति:August 6, 2024