गुल्मीमा पहिरोले दुई घर बगायो, चार जनाको मृत्यु

  Sampatti News 2024

August 6, 2024

काठमाडौं । गुल्मीमा पहिरोले दुईवटा घर बगाउँदा चार जनाको मृत्यु भएको छ ।

गुल्मीको मुसिकोट नगरपालिका–१ बिसौनास्थित पहिरोले विष्णु विक र हुकुम विकको घर पहिरोले पुरिएको हो ।

पहिरोमा पुरिएर ६७ वर्षीय हुकुम विक, उनका छोरा ४६ वर्षीय गोरे विक, हुकुमकी बहिनी ६६ वर्षीया मसुरी विक र नातिनी अढाइ वर्षीया रियन्सी विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक (इन्स्पेक्टर) रामकुमार केसीले बताए ।
पहिरोले पुरेर ३१ वर्षीय विष्णु विक र उनको श्रीमती २३ वर्षीया मुना विक घाइते भएका छन् ।

प्रकाशित मिति:August 6, 2024