बागलुङमा पहिरोले तीन घर बगे, एक जनाको मृत्यु

  Sampatti News 2024

August 6, 2024

बागलुङ । बागलुङको बडिगाड–९ दर्लिङखोलामा पहिरोले एउटा घर पुरिँदा एक जनाको मृत्यु भएको छ ।

पहिरोमा परी श्याम परियारका १५ वर्षीय छोरा विधान परियारको मृत्यु भएको बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले लोकपथलाई जानकारी दिइन् । उनका अनुसार शव परीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ ।

त्यस्तै बडिगाड गाउँपालिका–१० दर्लिङमा पहिरो जाँदा तीनवटा घर पुरिएको छ । विकट ठाउँमा पहिरो खसेकाले त्यहाँ पुग्न कठिन भएको अध्यक्ष अधिकारीले जानकारी दिइन् । ती घरमा मानिस भए नभएको यकिन हुन बाँकी छ ।

प्रकाशित मिति:August 6, 2024