सिंचाइ सचिव सरिता दवाडी राज्यलाई भार

  Sampatti News 2024

August 6, 2024

काठमाडौं । उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको जलस्रोत तथा सिंचाइ सचिव सरिता दवाडीको अहिले कार्यसम्पादनको विषयलाई लिएर टिकाटिप्पणी सुरु हुन थालेको छ ।

सचिवको जिम्मेवारीमा मन्त्रालय छिरेदेखि अहिलेसम्मको उनको प्रगति शुन्य प्राय छ । सचिव मध्येकी कान्छी सचिव उनी तत्कालीन मुख्यसचिव बैकुण्ठ अर्यालको पारिवारिक शक्तिका कारण आफुभन्दा सिनियरलाई उछिनेर मन्त्रालयको महत्वपूर्ण ठाउँ जलस्रोत तथा सिंचाइ सचिव हात पारेकी थिइन् ।

सचिव दवाडीले मन्त्रालय भित्रको आफ्नो कार्यक्षेत्रको कार्यसम्पादको विषयलाई लिएर उनी मातहतका कर्मचारीलेसमेत चित्त बुझाएका छैनन् । केही कर्मचारीहरुले उनको कार्य सम्पादन शुन्य जस्तो देखिने धारणा राख्ने गरेका छन् ।
राज्यले दिएको सबै स्रोत साधनको अनावश्यक रुपमा पनि भरपुर प्रयोग गर्ने दवाडी सेवाग्राहीहरुसँग भने भेट नदिने गरेको पाइन्छ ।

स्रोतका अनुसार उनको बढीजसो ठेकेदारहरुसँग हिमचिम हुने गरेको छ । सोही कारण कार्यलयका अन्य कर्मचारी दवाडीसँग आजितसमेत हुने गरेको हाम्रो स्रोतको दाबी छ ।

सरकारबाट सचिव भएवापत पाउने सेवा सुविधाहरु इन्धन, तलब भत्ताको आकर्षक सुबिधा लिएर पनि राज्यको त्यस्तो संवेदनसिल ठाउँमा बसेर परिणाममुखी बन्न नसक्नु भनेको दवाडी राज्यका निम्ति भार नै भएको धेरैले टिप्पणी गरेका छन् ।
उनको कार्यशैलीले पदमा बसरे पदको दुरुपयोग भएको सिद्ध भएको धेरैले विश्लेषण छ ।

पदमा बस्ने तर सिन्को नभाच्ने कार्यले उनी यतिखेर राज्यको भारको रुपमा परिचित भएकी छिन् । दवाडी सचिव बनिरहदा उनलाई बाधाईको ओहिरो खन्याउनेहरु पनि उतिकै थिए उनीहरु पनि दवाडीको कार्यशैलीले छक्क पर्न थालेका छन् ।

धेरै कर्मचारीहरु विभिन्न पार्टीका आवद्ध हुने गरेको त सबैलाई थाहा छदैछ । दवाडीले पनि नेपाली कांग्रेसकी सांसद आरजु राणाको नाममा सिंचाइको सचिव पदमा टिकिरहेको स्रोतले दाबी गरेको छ । ॠषिकुमार यादबबाट

प्रकाशित मिति:August 6, 2024