दुई सह-सचिव सचिवमा बढुवा

  Sampatti News 2024

August 6, 2024

काठमाडौं । सरकारले न्याय सेवाका दुई जना सहसचिवको सचिवमा बढुवा गरेको छ । आज बसेको मन्त्रीपरिषद् बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले बताएका छन् ।

साउन १५ गते न्याय सेवा आयोगको बैठकले दुई सह-सचिवको सचिवमा बढुवा गर्न सिफारिस गरेको थियो ।

न्याय सेवातर्फका कानून समूहका सहसचिव आलोकचन्द्र श्रेष्ठ र पाराश्वर ढुङगाना सचिव बढुवामा सिफारिस भएका थिए ।

श्रेष्ठ रक्षा मन्त्रालय तथा ढुंगाना कानुन आयोगमा कार्यरत थिए । उनलाई कानुन सेवा आयोगमै पदस्थापन गरिएको छ । बढुवा भएका अर्का सचिव ढुङगानालाई सत्य निरूपण तथा मेलमिलाप आयोगमा पदस्थापना गर्ने निर्णय भएको हो ।

प्रकाशित मिति:August 6, 2024