मन्त्रिपरिषद्को बैठकः तीन एआईजीको सरुवा र एक जना डीआईजीको एआईजीमा बढुवा

सीआइबी प्रमुखमा दिपक थापा

  Sampatti News 2024

August 6, 2024

काठमाडौं । आज बसेको मन्त्रिपरिषद्को बैठकले तीन एआईजीको सरुवा र एक जनाको डीआईजीको एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ ।

सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङका अनुसार मन्त्रिपरिषद् बैठकले डीआईजी रामदत्त जोशीलाई एआईजीमा बढुवा गरी आजै पदस्थापना गरिएको छ ।

जोशीलाई प्रहरी प्रधान कार्यालयस्थित कार्य विभागमा पदस्थापना गरिएको हो ।

त्यस्तै एआईजी दिपक थापालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुखको जिम्मेवारी दिइएको छ । ब्यूरोमा कार्यरत श्यामलाल ज्ञवालीलाई प्रहरी प्रधान कार्यालयस्थित समन्वय विभागमा सरुवा गरिएको छ । त्यस्तै एआईजी किरण बज्राचार्यलाई उपत्यका प्रहरी कार्यालयमा सरुवा गरिएको हो ।
सरकारले ५ महिनामा नै सीआईबी प्रमुखको हेरफेर गरेको हो

प्रकाशित मिति:August 6, 2024