आजको विदेशी मुद्राको विनिमय दर

  Sampatti News 2024

August 7, 2024

काठमाडौं । नेंपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर अहिलेसम्मकै सर्वाधिक महँगो बन्दा केही विदेशी मुद्राको मूल्य भने घटेको छ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६३ पैसा निर्धारण भएको छ।
अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सर्वाधिक महँगो हो। विगत केही सातादेखि अमेरिकी डलरको मूल्य लगातार वृद्धि हुँदै आएको छ। हिजो पनि बढेर उच्च रेकर्ड बनाएको अमेरिकी डलरले आज फेरि अर्को रेकर्ड कायम गरेको हो।

हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १३४ रुपैयाँ ४६ पैसा थियो। युरोपियन युरो १ को खरिदर १४६ रुपैयाँ १९ पैसा र बिक्रीदर १४६ रुपैयाँ ८५ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४६ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४७ रुपैयाँ २१ पैसा थियो।

बेलायती पाउन्ड १ को खरिददर १७० रुपैयाँ २४ पैसा र बिक्रीदर १७१ रुपैयाँ निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १७० रुपैयाँ ६२ पैसा र बिक्रीदर १७१ रुपैयाँ ३९ पैसा थियो। अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ८७ पैसा र बिक्रीदर ८७ रुपैयाँ २६ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ३१ पैसा र बिक्रीदर ८६ रुपैयाँ ७० पैसा थियो।

प्रकाशित मिति:August 7, 2024