काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका ७ मा हेलिकप्टर दुर्घटना भएको छ ।
सूर्याचौरको जंगलमा हेलिकप्टर दुर्घटना भएर आगलागी भइरहेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिएका छन् ।
स्थानीयहरुका अनुसार केहीबेरअघि त्यहाँ ठूलो आवाज आएको र हेलिकप्टर दुर्घटनाको खबरपश्चात आफूहरु त्यहाँ जान लागेको बताए ।