सिटिइभिटीको उपाध्यक्षमा फेरि फर्कने दाउमा अधिकारी

  Sampatti News 2024

August 7, 2024

भक्तपुर । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी)ले प्राविधिक जनशक्ति उत्पादन गराउने शिक्षा दिदै आएको छ । यो संस्थाको उपाध्यक्ष खगेन्द्र अधिकारीको चार वर्षको कार्यकाल असार १ गतेबाट सकिएको छ । तर, यहाँ नयाँ उपाध्यक्ष नियुक्तिको प्रकृया अगाडि बढाउन कसैले चासो देखाएका छैनन् ।

विद्यार्थी संघ संगठनको दुहुनो गाइ जस्तै यो संस्थामा क्षमतावान व्यक्तिको ठुलो आवश्यकता छ । कार्यकाल सकिएका उपाध्यक्ष अधिकारीले आफ्नो चार वर्षको कार्यकालमा खासै चित्त बुझ्दो काम गरेको देखिदैन ।

सिटिइभिटी भित्र एमाले इतर आस्था राख्नेहरुले तेह्रथुम, झापा, भोजपुर लगायतका स्थानमा पोलि टेक्निक ईन्स्टिच्युट बनाउन भरपुर मेहनत गरेर अधिकासं स्थानमा नतिजा दिए पनिउपाध्यक्ष अधिकारीले संस्था प्रति कुनै योगदान दिन नसकेको बुझिएको छ ।

अधिकारी झापा घर भएको नाता जोडेर बेला बेलामा बालकोट पुगेर संस्थाका गतिविधिहरु सबै मैले गरेको हो भनेर गलत रिपोर्टिङको बलमा फेरि उपाध्यक्ष हुने दौडमा लागेको एमाले वृत्तबाटै सुनिएको छ ।

आफ्नो कार्यकाल भरी नै कुनै काम गर्न नसकेका निजी कलेज संचालकसमेत रहेका अधिकारीलाई जागिर दिन की काम गराउन ल्याउने हो भन्ने विषय चौतर्फी टिप्पणी हुन थालेको छ ।

सरकार सफल भएको आम जनता बीच सन्देश राम्रो जाने गरिको क्षमतावान व्यक्ति आवश्यक परिरहेको बेला उनी नै फेरि दोहोरिन खोज्नु सिटिइभिटीको दुर्भाग्य हुने निश्चित नै छ ।

शिक्षालाई प्रविधिसँग, प्रविधिलाई सीपसँग, सीपलाई रोजगारीसँग जोडने उद्देश्यले अगाडि बढेको यो संस्था भित्र चर्को राजनीतिका कारण कामले भने अपेक्षित गति लिन सकेको छैन ।
अराजकता मौलाएको यो संस्था भित्रका हरेक महाशाखामा स्वार्थ केन्द्रित चलखेल हुन्छ भन्ने नागरिकको तहमा आउने गुनासो सम्बोधन गर्न सक्ने ब्यक्तिलाई उपाध्यक्ष बनाउनुपर्ने आवाज चौतर्फि उठेको छ ।
अधिकारी आफु दोहोरिन पाउँ भन्दै शक्तिकेन्द्र धाउन थालेको देख्नेहरु एमालेमा पद पाएर पनि नतिजा दिन नसक्ने अधिकारी मात्रै छ र ? भन्दै प्रश्न गर्न थालेका छन् ।

प्रकाशित मिति:August 7, 2024