काठमाडौं । नुवाकोटमा बुधबार भएको हेलिकप्टर दुर्घटनाको छानमिन गर्न जाँचबुझ आयोग गठन गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको संयोजकत्वमा जाचबुझ आयोग गठन गरेको हो ।
त्यस्तै इलेक्ट्रिकल इन्जिनियर विष्णु बस्नेत र इलेक्ट्रिकल इन्जिनियर तमुजा पोखरेल जाँचबुझ आयोगको सदस्य रहने सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
बुधबार दिउसो नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्याचौरमा हेलिकप्टर दुर्घटना हुँदा चार चिनिया नागरिसहित पाँच जनाको मृत्यु भएको थियो ।