मनसुनजन्य घटनामा १६८ जनाको मृत्यु

Nepal Cover
२४ श्रावण २०८१, बिहीबार
image

काठमाडौं । अविरल वर्षाका कारण देशभर बाढी, पहिरो लगायतका प्राकृतिक विपद्ले ठूलो जनधनको क्षति पुर्याएको छ। बिहीबार दिउँसोसम्म प्राप्त विवरण अनुसार, विभिन्न घटनामा परी १६८ जनाले ज्यान गुमाएका छन्।

बाढी र पहिरोले काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा ३० जना, गण्डकी प्रदेशमा ५३ जना, लुम्बिनी प्रदेशमा ३३ जना, कर्णाली प्रदेशमा ८ जना, र सुदूरपश्चिम प्रदेशमा १० जना गरी कुल १६८ जनाको मृत्यु भएको छ।

यसैगरी, विभिन्न विपद्का घटनामा २०१ जना घाइते भएका छन्। घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचारका लागि लगिएको छ। साथै, ११० जनाको उद्धार गरिएको छ। विपद्का घटनामा परी ५० जना वेपत्ता भएका छन्, जसको खोजी कार्य जारी छ।