आदिवासी दिवसको अवसरमा कोशी प्रदेशमा सार्वजनिक बिदा

Nepal Cover
२५ श्रावण २०८१, शुक्रबार
image

काठमाडौं । कोशी प्रदेश सरकारले आज प्रदेशमा सार्वजनिक विदा दिएको छ ।

आदिवासी दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले जानकारी दिए।

३० औं अन्तर्राष्ट्रिय आदिवासी दिवसलाई उत्सवका रुपमा मनाउन प्रदेश भित्रका सरकारी कार्यालय, स्थानीय तह, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थामा बिदा दिने निर्णय भएको लुइँटेलले जानकारी दिए।