तीन संसदीय समितिको बैठक आज बस्दै

  Sampatti News 2024

August 9, 2024

काठमाडौं । आज संघिय संसद अन्तरगत तीन वटा संसदीय समितिको बैठक बस्ने भएको छ ।

जसअनुसार बिहान ११ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै छ ।

बैठकमा नेपालका बाल सुधार गृहमा रहेका बालबालिका र नेपालका कारागारहरूमा रहेका कैदी तथा थुनुवाहरूको मानव अधिकारको अवस्थाका सम्बन्धमा स्थलगत अनुगमन गर्न गठित उपसमितिहरूको प्रतिवेदनमाथि छलफल हुनेछ ।

बिहान ११ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा जलश्रोत विधेयक, २०८१ माथि संशोधनकर्ताहरूसँग दफावार छलफल हुने कार्यसूची रहेको छ । बिहान साढे ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा समितिको वार्षिक प्रतिवेदनको मस्यौदामा छलफल हुनेछ ।

दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० माथि संशोधनकर्तासँग छलफल हुनेछ ।

प्रकाशित मिति:August 9, 2024