कता गइन् इन्सपेक्टर डा. प्रिति मिश्र ? सम्पर्कमा आउन गृह मन्त्रालयको सूचना

Nepal Cover
२५ श्रावण २०८१, शुक्रबार
image

काठमाडौं । गत बैशाख १० गतेबाट १५ दिनका लागि विदामा वसेकी नेपाल प्रहरीको प्राविधिक प्रहरी निरीक्षक (इन्सपेक्टर) डा. प्रिति मिश्र १०५ दिनसम्म कार्यालयको सम्पर्कमा नआएपछि गृह मन्त्रालयले सूचना नै जारी गरि सम्पर्कमा आउन भनेको छ ।

मन्त्रालयले डा मिश्रलाई स्पष्टीकरणसहित सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो । शुक्रबार एक सूचना जारी गर्दै सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक सात दिनभित्र आफु गैर हाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरणसहित आउन भनेको हो ।

पर्साको साविक हरिहरपुरकी उनी नेपाल प्रहरी अस्पताल, सर्जिकल शाखामा दरबन्दी भई मधेश प्रदेश प्रहरी अस्पताल सप्तरीमा डा. मिश्र बैखाख २५ गते सम्मको विदामा थिइन् ।

बाटेको म्याद बाहे ७ दिन भित्र कार्यालयमा हाजिर हुन सूचना जारी गरिएको हो । अन्यथा प्रहरी नियमावली, २०७१ को नियम ११३ को खण्ड (च)को कसुरमा नियमावलीको नियम १०९ को खण्ड (ख) (१) बमोजिम भविष्यमा सरकारी सेवाको लागि अयोग्य ठहरिने जारी सूचनामा भनिएको छ ।