कुलमान भन्छन्– ‘चाँडै कुल पुँजीको १० प्रतिशत आइपीओ जारी गर्छों’

Nepal Cover
२५ श्रावण २०८१, शुक्रबार
image

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अब छिटै १० प्रतिशतको आइपिओ जारी गर्ने उद्घोष गरेका छन् ।

आफु प्राधिकरणमा आएको तीन वर्ष पुरा भएको अवसरमा आयोजित पत्रकार सम्मेलनमा घिसिङले प्राधिकरणको कुल पुँजीको १० प्रतिशत आईपीओ जारी गर्ने बताएका हुन् ।

आइपिओपाट संकलन भएको रकमले ठूला जलविद्युतमा लगागि गर्ने समेत उनले बताएका छन् । विदुत प्राधिकरणले प्रशारणलाइनमा मात्र लगानी नबढाइ जलविदुत आयोजनामा पनि लगानी बढाएको उनले बताएका छन् । आन्तरिक उत्पादन वृद्धि र अन्य आम्दानी गरी खुद मुनाफा बढेको उनले बताए ।

अहिले विद्यतु चुहावट १२.७३ प्रतिशतमा झारिएको उनको भनाई छ ।