हिन्दुहरुमाथिको दमन रोक्न नेपालस्थित बंगलादेशका राजदूतलाई ज्ञापन पत्र

Nepal Cover
२५ श्रावण २०८१, शुक्रबार
image

काडमाडौं । बंगलादेशमा हिन्दुहरुमाथि भएको अमानविय व्यवहार बन्द गराउन नेपालस्थित बंगलादेशको राजदूतलाई ज्ञापनपत्र बुझाइएको छ ।

शुक्रबार विश्व हिन्दु महासंघ केन्द्रीय समितिले बंगलादेशमा भइरहेको हिन्दुहरुकमाथिको दमनलाई रोक्न आग्रह गर्दै ज्ञापनपत्र बुझाइएको हो ।

समितिका महासचिव शम्भुहरि बास्तोलासहितको टोलिले राजदूततलाई ज्ञापनपत्र बुझाएको हो ।

बास्तोलाको हस्ताक्षर रहेको उक्त ज्ञापनपत्रमा भनिएको छ – ‘अहिले बंगलादेशमा भइरहेको राजनीतिक उतारचढाव र त्यसका आडमा भइरहेका अराजनीतिक, अमानवीय गतिविधिहरुले यस लगायत सम्पुर्ण शान्तिप्रेमी सनातन हिन्दु धर्मावलम्बीको समाज अत्यन्त मर्माहत भएको ब्यहोरा मिति २०८१ साउन २३ गतेको यस महासंघको प्रेस वक्तव्य मार्फत ध्यानाकर्षण गराइएको जानकारी गराउँदै, बंगलादेशमा भइरहेका त्यस्ता अमानवीय गतिविधिहरु तुरुन्त बन्द गर्न गराउन राजदूताबास मार्फत बंगलादेशका सम्बन्धित सबै निकायहरूसँग जोडदार माग गर्दै यो ज्ञापनपत्र बुझाएका छौं’ ।

‘ विश्वास छ, महामहिम राजदूतज्यू मार्फत बंगलादेशमा भइरहेका त्यस्ता अमानवीय गतिविधिहरु तुरुन्त बन्द भइ धार्मिक अल्पसंख्यकहरुलाई पुर्ण सुरक्षाको प्रत्याभूति दिने वातावरण तयार गरी शान्ति पुनःस्थापना हुनेछ ।, ’ ज्ञापन पत्रमा भनिएको छ ।