‘लिभिङ टुगेदर’मा बसेको केटाले विहे गर्न नमानेको भन्दै आत्महत्या प्रयास

जुम्ला घर भएकी सहारा शाहीले माइतीघरमा रहेको राष्ट्रिय झण्डा राखिएको पोलबाट हामफाल्ने प्रयास

  Sampatti News 2024

August 11, 2024

काठमाडौं । राजधानीको माइतीघरमा रहेको राष्ट्रिय झण्डा राखिएको पोलमा चढेर एक महिला हाम फाल्ने प्रयास गरेकी छन् । लामो समयदेखि माइतीघरमा ३५ दिनदेखि धर्ना दिइरहेकी ती महिला शनिबार पोलमा चढेर हामफाल्ने कोशिस गरेकी हुन् ।

दुई वर्षसम्म लिभिङ टुगेदरमा बसेको केटाले बिहे गर्न नमानेको भन्दै माइतीघर मण्डलास्थित राष्ट्रिय झण्डा राखेको पोलमा चढेर एक महिलाले आत्महत्याको प्रयास गरेकी हुन् । जुम्ला घर भएकी सहारा शाहीले पोलबाट हामफाल्ने प्रयास गरेकी हुन् ।

धर्नामा बसेकी शाही आज हामफालेर मर्ने भन्दै माइतीघरस्थित पोलमा चढेकी थिइन् । तत्काल उनलाई प्रहरीले उद्धार गरेको छ । यसअघि वैवाहिक बलात्कार मुद्दामा क्षतिपूर्ति नपाएको भन्दै आरती रावल गिरीले पनि यही पोलमा चढेर आत्महत्याको प्रयास गरेकी थिइन् ।

प्रकाशित मिति:August 11, 2024