भ्रष्टाचार मुद्दामा हदम्याद स्वीकार्य नहुने रास्वपाको निष्कर्ष

Nepal Cover
२९ श्रावण २०८१, मंगलवार
image

काठमाडौं । सरकारले भ्रष्टाचार मुद्दामा अनुसन्धानका लागि पाँच वर्षे हदम्याद राख्ने कानूनी प्रबन्ध गर्न खोजेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले विरोध जनाएको छ। संसदीय दलको बैठकपछि प्रमुख सचेतक सन्तोष परियारले भ्रष्टाचारमा हदम्याद स्वीकार्य नहुने बताए।

उनले भने, ‘भ्रष्टाचारमा हदम्याद राख्ने कुरा स्वीकार्य छैन। भ्रष्टाचारमा हदम्याद राखेर विगतमा गरेका भ्रष्टाचारबाट उन्मुक्ति पाउने बाटोमा छ। त्यो स्वीकादैनौं।’