वेचन झाविरुद्ध जिल्ला अदालत काठमाडौंमा ठगी र संगठित अपराधको कसुरमा मुद्दा

  Sampatti News 2024

August 14, 2024

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणबारे अनुसन्धानका लागि पक्राउ परेका वेचन झाविरुद्ध जिल्ला अदालत काठमाडौंमा ठगी र संगठित अपराधको कसुरमा मुद्दा दर्ता भएको छ ।

प्रहरीले तयार पारेको रायसहितको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले झाविरुद्ध अदालतमा पूरक अभियोग दर्ता गरेको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको अनुसन्धानका क्रममा उनले नेपाल र भारतको दोहोरो नागरिकता लिएको खुलेको छ ।

बेचन झा पक्राउपछि नक्कली भुटानी शरणार्थी प्रकरणबारे थप कुरा खुल्ने र यसले सो प्रकरणबारे थप गहिराइमा पुग्न सहयोग पुग्ने विश्वास गरिएको थियो ।
तर उनले यो विषयमा कुनै कुरा थाहा नभएको बयान दिएका छन् ।

झालाई नेपाल प्रहरीको विशेष टोलीले पक्राउ गरेर १५ असारमा नेपाल ल्याएको थियो ।

प्रकाशित मिति:August 14, 2024