अमेरिकाका उपविदेशमन्त्री आज नेपाल आउदै

  Sampatti News 2024

August 16, 2024

काठमाडौं । अमेरिकाका विदेश मन्त्रालयका उप विदेशमन्त्री आज नेपाल आउँदै छन् । प्राप्त जानकारी अनुसार उपविदेशमन्त्री रिचार्ड आर. वर्मा आज नेपाल आउन लागेका हुन् ।

वर्माले नेपालसँग आर्थिक विकास, महिला सशक्तीकरण, ऊर्जालगायतका क्षेत्रमा भएको समझदारीलगायतको विषयमा छलफल गर्ने बुझिएको छ ।

नेपालमा उप विदेशमन्त्री वर्मासहितको प्रतिनिधि मण्डलले वरिष्ठ सरकारी अधिकारी, विकास परियोजनाका प्रतिनिधि तथा व्यापार व्यवसायीका प्रतिनिधिहरूलाई भेट्ने कार्यक्रम रहेको अमेरिकास्थित विदेश मन्त्रालयले जनाएको छ ।

त्यस्तै उनले नेपालमा आज राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा अ‍ोली, परराष्ट्र मन्त्री आरजु राणा देउवालगायत विभिन्न उच्च स्तरीय अधिकारीलाई भेट्ने नेपालस्थित अमेरिकी दूतावास स्रोतले जनाएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेन सरकारका शक्तिशाली मन्त्रीमध्येका एक हुन् वर्मा ।

प्रकाशित मिति:August 16, 2024