बझाङमा पहिरोले घर बगाउदा ४ जना वेपत्ता, ५ जनाको उद्धार

Nepal Cover
३ भाद्र २०८१, सोमबार
image

काठमाडौं । बझाङमा गएराती पहिरो जाँदा ४ जना बेपत्ता भएको खबर प्राप्त भएको छ ।

आइतबार राति बुङ्गल नगरपालिका १० स्थित चुमेडामा एक घरमाथिबाट पहिरो जाँदा ४ जना बेपत्ता भएको बुङ्गल नगरपालिकाका उपप्रमुख धनबहादुर बोहराले जानकारी दिएका छन् ।

बोहोरकाअनुसार पहिरोमा पुरिएका ५ जनाको उद्धार गरिएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।