काठमाडौ । रौतहटबाट पहिलो पटक अभियानको रुपमा सुरुवात गरिएको ‘जन्मदिनलाई सत्कर्ममा जोडौं अभियान’ अन्तरगत आज काठमाडौं स्थित तीनकुनेमा वृक्षारोपण गरेर जन्मदिन मनाईएको छ ।
आज रक्षा बन्धनको दिन खेलाडी राधिका हमाल ऐरको जन्मदिनको अवसरमा वृक्षारोपण गरिएको अभियानका संयोजक गोविन्दप्रसाद चौलागाईंले जानकारी दिए ।
सामाजिक क्षेत्रमा कृयाशील डेफेन्स प्रशिक्षण अभियानमा लागिरहेकी हमालले आफ्नो जन्मदिनमा प्रकृतिलाई न्याय गर्दा मानव जातिमा हितहुने हुँदा थप सन्देशका निम्ति पनि यस वर्षदेखि आफ्नो जन्मदिनलाई सतकर्ममा जोडिएर वृक्षारोपण गर्न पाउदा आफु खुसी भएको बताएकी छिन् ।
उनले रौतहटबाट सुरु भएको यस अभियानमा आफुले जोडिन पाउँदा र वृक्षारोपण गरेर जन्मदिन मनाउन पाउँदा आयोजक संस्थालाई धन्यवाद दिएकी छिन् ।
त्यसैगरी अभियानका संयोजक, तराई विकास तथा संचार केन्द्र नेपालका अध्यक्ष एवं नेपाल पत्रकार महासंघका केन्द्रीय सचिब गोविन्दप्रसाद चौलागाईंले जन्मदिन भड्किलो बन्दै जाँदा समाजमा विकृति बढेको बताएका छन् । चौंलागाईंले स्वच्छ वातावरण बनाउन र भावी पुस्तालाई हरियाली वातावरण सुम्पिनका निम्ति यो अभियान सुरु भएकोसमेत बताए ।
कार्यक्रममा लाइन्स ३२५ लाइन्स इटरनेशनल डिस्ट्रीक गभर्नर डाक्टर कमलबहादुर कायस्थले सत्कर्मको अभियानमा आफ्नो संंस्थाको एक्यवद्धता जनाएका छन् । उनले लाइन्स क्लबले खेल्दै आएको सामाजिक भूमिकाको बारेमा प्रष्ट पार्दै भावि दिनमा सँगसँगै अगाडी बढ्न आफु प्रतिबद्ध रहेको पनि बताए ।
समाजसेवीसमेत रहेका डाक्टर कायस्थले सेवा नै धर्म भएकोले जन्मदिनलाई सतकर्ममा जोडिन पाउँदा आफू र आफ्नो संस्थाको तर्फबाट आभारसमेत व्यक्त गरेका छन् ।
लाइन्स डिस्ट्रीक प्रेसिडेन्ट अरबिन कुमार दास, राष्ट्रिय खेलाडीका प्रशिक्षक अर्जुनभक्त राई, बिकु लामा लगायतले कार्यक्रममा सहभागिता जनाउदै वृक्षारोपण गरेको थिए ।
झन्डै पचास वटा विरुवा रोपेर राष्ट्रिय खेलाडी हमालको जन्मदिन मनाइएको कार्यक्रममा सहभागी राष्ट्रसेवक सरोज चौधरीले सम्पत्ति न्यूजलाई बताए ।


