‘सिधाकुरा’विरुद्धको रिटको फैसला आज आउँदै

Nepal Cover
६ भाद्र २०८१, बिहीबार
image

काठमाडौं । सिधाकुरा डटकमले प्रसारण गरेको कार्यक्रममा ‘डार्क फाइल’को फेक अडियो प्रकरणका परेको रिटको फैसला आज आउदै छ ।

तत्कालीन वरिष्ठ न्यायाधीश डा आनन्दमोहन भट्टराई समेतको नाम जोडेर अख्तियारको स्टिङ अप्रेसनसम्बन्धी मुद्दा मिलाउन सेटिङ गरेको भन्दै मुछिएको थियो ।

अडियो प्रकरणमा सर्वोच्चका उनीहरुले अदालत र न्यायाधीशको मानहानी गरेको, कपोकल्पित समाचार लेखेर सर्वोच्च अदालतका न्यायाधीशसमेतको मानमर्दन गरेको भन्दै सर्वोच्च अदालतका उपरजिष्टार गोविन्दप्रसाद घिमिरेले सिधा कुरा डटकमका प्रकाशक युवराज कँडेल, सम्पादक नवीन ढुंगानासहितविरुद्ध अवहेलनामा कारबाहीको माग गर्दै रिट दायर भएका थिए ।

सोही मुद्धामा सर्वोच्च अदालतमा परेको मुद्दामा नौ सदस्यीय बृहत् पूर्ण इजलासले आज फैसला सुनाउन लागेको हो । ९ जना न्यायाधीश सम्मिलित वृहत पूर्ण इजलासले सुनुवाइपछि बिहीबारका लागि निर्णय सुनाउने मिति तोकेको थियो ।

त्यही सामग्रीलाई लिएर उनीहरूविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत फौजदारी मुद्दा दायर भइसकेको छ ।