मालपोत कपिलवस्तुका नासु खनाल घुस प्रकरणमा दोषी ठहर

Nepal Cover
६ भाद्र २०८१, बिहीबार
image

काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय कपिलवस्तुका नायव सुब्बा नरहरि खनाललाई विशेष अदालतले घुस प्रकरणमा दोषी ठहर गरेको छ । अदालतले खनाललाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा १ बमोजिम कसुर गरेको ठहर गर्दै बिगो बराबरको जरिवाना र ३ महिना कैद सजाय तोकेको हो ।

विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले खनाललाई दोषी ठहर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३० हजार घुससहित पक्राउ परेका भूमिसुधार तथा मालपोत कार्यालय कपिलवस्तुका नायब सुब्बा खनालविरुद्ध गत जेठ १७ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।