भारतमा ४ नेपालीको पहिरोमा परेर मृत्यु

  Sampatti News 2024

August 23, 2024

काठमाडौं । भारत केदारनाथ नजिकै फाटा भन्ने स्थानमा पहिरोमा परी ४ जना नेपालीको मृत्यु भएको छ । गएराति घरभित्रै सुतिरहेका बेला आएको पहिरोमा परी नेपाली कामदारको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ । 

उत्तराखण्ड राज्यको रुद्रप्रयाग प्रहरीका अनुसार पहिरोमा परी मृत्य हुनेमा तुल बहादुर, पुरन, कृष्ण परीयार र दिपक बोहोरा रहेका छन् । 

उनीहरुको पुणर् विवरण भने अझै खुलिसकेको छैन । पहिरोमा पुरिएका चारै जनाको शव निकालि रुद्रप्रयाग अस्पतालमा पुर्‍याइएको छ ।

दिल्ली स्थित नेपाली दुतावासका काउन्सिलर उमा चर्तुवेदीका अनुसार बद्रीनाथनबाट केदारनाथ जाने बाटोमा फाटा भन्ने स्थानमा उक्त घटना भएको हो । 

घटनास्थल केदारनाथबाट १६ किलोमिटर टाढा र बद्रीनाथबाट ८० किलोमिटरको दुरीमा पर्दछ । मजदुरीका लागि गएका उनीहरुले सडक किनारमै छाप्रो बनाएर बसेका थिए । 

वर्षासँगै आएको पहिरोले छाप्रो सहित उनीहरुलाई बगाएको हो । प्रारम्भिक अनुसन्धानका क्रममा मृतक चारै जना चितवनको भएको जानकारी प्राप्त भएको बताइएको छ ।

प्रकाशित मिति:August 23, 2024