विद्युतको २२ अर्ब उठाउने निर्णय क्याबिनेटबाट गर्न प्रचण्डको चुनौति

‘सरकार अहंकारपूर्ण ढंगले गलत बाटोतिर अग्रसर’

  Sampatti News 2024

August 27, 2024

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्योगिले तिर्नुपर्ने बक्यौता रकम उठाउन क्याबिनेटबाट गर्न सरकारलाई चुनौति दिएका छन् ।

आफ्नो चाहे जस्तो निणर्य गर्न नसकेपछि प्रधानमन्त्री फेसबुकमा प्रकट भएको भन्दै उनले भने, ‘प्रधानमन्त्रीको नियत सही छ भने फेसबुकमा होइन, अबको क्याविनेटमा आओस् र पास होस् बाइस अर्बको प्रस्ताव । प्रमुख प्रतिपक्षी दलको यही रोस्टमबाटै समर्थन छ ।’

अबको क्याबिनेटमा २२ अर्बको प्रस्ताव आएन भने देशले प्रधानमन्त्रीको नियत अझ राम्ररी बुझ्ने प्रचण्डको तर्क थियो ।

प्रचण्डले अर्को फरक प्रसंगमा सरकार अहंकारपूर्ण ढंगले गलत बाटोतिर अग्रसर भएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै प्रचण्डले ४० दिनमा सरकारकोे नियत र गन्तव्यको अवलोकनपछि आफू यो निष्कर्षमा पुगेको बताएका हुन् ।

‘सरकार अहंकारपूणर् तर गलत बाटोतिर अग्रसर छ । संख्याको उन्माद र शक्तिको दुरुपयोगतिर अग्रसर छ’, उनले भने, ‘जनता भन्दा स्वार्थ समूह अझ माफियाहरुको सेवामा छ ।’

प्रकाशित मिति:August 27, 2024