नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त

  Sampatti News 2024

August 28, 2024

काठमाडौं । नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले कायममुकायम प्रधानसेनापतिको काम गर्दै आएका सिग्देललाई बुधबार प्रधानसेनापतिमा नियुक्त गरेका हुन् ।

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा बुधबार जारी विज्ञप्तिमा उनको नियुक्ति भदौ २५ गतेबाट लागु हुने उल्लेख छ ।

हालका प्रधानसेनापति प्रभुराम शर्माले २४ भदौमा अनिवार्य शवकाश लिएपछि सिग्देलले प्रधानसेनापतिको पदभार ग्रहण गर्नेछन् ।

सेनामा रहेको अनिवार्य अवकाशमा जानुभन्दा एक महिनाअघि बिदा बस्ने परम्परा अनुसार शर्मा बिदामा बसेपछि सिग्देलले कायममुकायमको जिम्मेवारी सम्हालेका थिए ।

प्रकाशित मिति:August 28, 2024