एआइजीहरुले उमेरहदका अनुसार अवकाशमा नपठाउन दायर गरेको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

  Sampatti News 2024

August 29, 2024

काठमाडौं । उमेरहद अनुसार अवकाशमा नपठाउन अन्तरिम आदेश माग गर्दै प्रहरी अधिकारीहरुले हालेको रिटमा सर्वोच्चले अन्रिम आदेश दिन अस्विकार गरेको छ ।

न्यायाधीश सारंगा सुवेदीको एकल इजलासले रिट निवेदक प्रहरी अधिकारीले मागे अनुसार अन्तरिम आदेश दिन अस्वीकार गर्दै विपक्षीसँग लिखित जवाफ मात्र माग गरेको हो ।

दुबै पक्षलाई छलफलमा बोलाउने आदेशसमेत दिएको छ । दर्जाअनुसार विभिन्न उमेरमा हुने अवकाश कार्यान्वयन नगर्न माग गर्दै एआईजी श्यामलाल ज्ञवाली, डिआइजीहरू यज्ञविनोद पोखरेल, केदार ढकाल, राजेशनाथ बाँस्तोला र इन्स्पेक्टर नागेन्द्र ठाकुरले बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए ।

उनीहरू पद अनुसारको उमेरहदका कारण उनीहरू अनिवार्य अवकाशमा जाँदैछन् ।

प्रकाशित मिति:August 29, 2024