पाँचथर विस्फोट अपडेटः घटनास्थल नजिकै अर्को बम जस्तो बस्तु फेला, नेपाली सेनाले अनुसन्धान गर्दै

  Sampatti News 2024

August 30, 2024

पाँचथर । पाँचथरको जिल्लाको फालेलुङ गाउँपालिका वडा नम्बर ५ मा अज्ञात बस्तु विस्फोटमा परेर दुई बालबालिकाको मृत्यु भएको स्थान नजिकै बम जस्तो बस्तु फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रमुख हेमन्त भण्डारी क्षेत्रीका बिहीबार विस्फोट भएको ठाउँ नजिकै झाडिमा बम जस्तो देखिएका शंकास्पद बस्तु भेटिएको हो ।

त्यो फलामको डल्लोमा खिया लागेको छ । त्यो पनि विष्फोटक पदार्थ भएको आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोलीले अनुसन्धान गरिरहेको छ ।

स्थानीय आईतराज केरुङको घरमा बिहिबार दिउँसो बिस्फोटमा परी चार बालबालिका घाईते भएका थिए ।

विस्फोटमा परेर घाइते भएका दुई वालबालिकाको ज्यान गएको छ । ज्यान जानेमा एकै घरमा दाजुबहीनी रहेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरुमा दिलिप साँवाका ११ वर्षीय दिप्सन साँवा, दुई वर्षीया प्रिन्सा साँवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । प्रिन्साको उपचारका लागि झापा लैजादै गर्दा बाटोमै मृत्यु भएको थियो ।

दिप्सनको झापाको बी एण्ड सी अस्पतालमा उपचारको क्रममा गएराती निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

स्थानीय आईतराज केरुङको घरमा बिहिबार दिउँसो बिस्फोटमा परी चार बालबालिका घाईते भएका थिए । घाईतेमध्ये दिप्सन र प्रिन्साको अवस्था गम्भिर भएपछि थप उपचारका लागि झापा रेफर गरिएको थियो ।

बिस्फोटबाट घाईते भएका ज्ञान बहादुर राईका ११ बर्षीय छोरा पवन राईको भने पाँचथर अस्पतालमा उपचार भईरहेको छ । उनको अवस्था समान्य छ । घटनामा परि सामान्य घाईते भएका दीपक राईका ७ बर्षीय छोरा दिपसन राईको स्थानीय प्राङबुङ स्वास्थ्य चौकीमा उपचारपछि घर फर्किएका छन् ।

प्रकाशित मिति:August 30, 2024