कांग्रेस पदाधिकारी बैठकः जुटेन सहमति, भोली फेरि बस्ने

  Sampatti News 2024

August 31, 2024

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक बिनानिष्कर्ष सकिएको छ । वर्तमान पदाधिकारीसँगै पूर्व पदाधिकारीहरू सहभागी बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमाथि छलफल गरे पनि सहमति जुटाउन नसकेको हो ।

सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकमा महामन्त्री थापा र शर्माको प्रतिवेदनमाथि छलफल भएको थियो । सहमति खोज्न बैठक भोलि पुनः बस्नेछ ।

यद्यपि, महामन्त्री थापाले प्रस्तुत गरेको प्रतिवेदनलाई परिमार्जनसहित अघि बढाउन बैठक सकारात्मक रहेको बताइएको छ । बैठकपछि कांग्रेस मुख्य सचेतक श्यामकुमार घिमिरेले केन्द्रीय समितिमा प्रतिवेदनलाई परिमार्जन गरेर पारित गर्ने विषयमा छलफल भएको बताए ।

कांग्रेस केन्द्रीय समिति बैठक आइतबार बस्दै छ । बैठकअघि दिउँसो पुनः पदाधिकारी बैठक बसेर आवश्यक छलफल गरिने उनले बताए ।

महामन्त्री विश्वप्रकाश शर्माको प्रतिवेदन भने अहिलेका लागि यथावत राख्ने विषयमा सहमति नजिक पुगिएको नेताहरूले जनाएका छन् । शर्माको प्रतिवेदनमा राष्ट्रपति, प्रधानमन्त्री, सांसदलगायतको कार्यकाल तोक्ने गरी संविधान संशोधन हुनुपर्ने उल्लेख छ ।

प्रकाशित मिति:August 31, 2024