September 5, 2024
काठमाडौं । सरकारले उपत्यकामा नदी किनारमा थप २० मिटरको मापदण्डबारे अध्ययन गर्न कार्यदल गठन गरेको छ ।
नदी किनारको थप २० मिटर क्षेत्रभित्र संरचना बनाउन नपाउने भनी सर्वोच्च अदालतको फैसलापछि काठमाडौं महानगरपालिकाले गरेको निर्णयबारे विवाद उत्पन्न भइरहेको बेला सरकारले अध्ययन कार्यदल गठन गरेको छ ।
सहरी विकास मन्त्रालयका सहसचिव पदमकुमार मैनालीको संयोजकत्वमा बनेको कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव यज्ञप्रसाद भट्टराई, वन तथा वातावरण मन्त्रालयका सहसचिव मेघनाथ काफ्ले, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव शिवप्रसाद रेग्मी, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठ, काठमाडौँ उपत्यका विकास प्राधिकरणका नायब विकास आयुक्त नवराज प्याकुरेलसहित ८ जना छन् ।
कार्यदललाई भदौ २५ भित्र प्रतिवेदन बुझाउन कार्यादेश दिइएको छ ।
प्रकाशित मिति:September 5, 2024