संविधान दिवसको अवसरका एक हजार बढी कैदीको सजाय माफि मिनाहा हुँदै

Nepal Cover
२० भाद्र २०८१, बिहीबार
image

काठमाडौं । संविधान दिवसको अवसरमा एक हजार बढी कैदीले माफि मिनाहा हुने भएको छ ।

असोज ३ गते संविधान दिवसको अवसर पारेर उनीहरुलाई सजाय मिनाहा गरेर थुना मुक्त गर्न लागिएको हो ।

कारागार व्यवस्थापन विभागले असार ९ गते ७ दिने सार्वजनिक सूचना आह्वान गर्दै ६२० जना कैदीको सजाय मिनाहाका लागि नामावली निकालेको थियो । विभागले मंगलबार फेरि थप ४९२ जनाको नामावलीसहित ७ दिने सूचना निकालेको छ ।

सजाय मिनाहा गर्न लागिएका उनीहरुविरुद्ध कुनै उजुरी वा गुनासो भए दिन सूचनामा भनिएको छ ।